दफा १५
कमिशन वा बोनस सम्बन्धी विवरण पेश गर्नुपर्ने
: (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गरे बापत प्रत्यक्ष बिक्रेता वा वितरकले प्राप्त गर्ने सेवा, सुविधा, कमिशन वा बोनस सम्बन्धी व्यवस्था निर्धारण गरी त्यस्तो व्यवस्था लागू गर्नु पूर्व त्यसको विवरण
विभागमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको विवरणमा आवश्यकता अनुसार परिमार्जन गर्न विभागले निर्देशन दिन सक्नेछ र इजाजतपत्रवालाले विभागले दिएको निर्देशनको पालना गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निर्धारित विवरणमा कुनै हेरफेर गरेमा त्यसरी हेरफेर गरेको तीस दिनभित्र त्यस्तो विवरण विभागमा पेश गर्नु पर्नेछ ।